Comments Add Comment

५६ मिनेटमा पैदलै घुमेर सकिन्छ यो देश

पैदल हिँडेरै केही मिनेटमै एउटा पूरै देश घुम्न सम्भव होला ? सुन्दैमा अचम्म लाग्नसक्छ, एउटा यस्तो देश पनि छ दुनियामा जुन ५६ मिनेटमा पैदलै घुमेर सकिन्छ ।

फ्रान्स नजिकै रहेको मोनाको नामक देश दुनियाको दोश्रो सानो देश हो । यो देश फर्मुला वान कार दौड, ग्लामरस क्यासिनो, शुन्य आयकर, सुरक्षा तथा सुविधा अनि चौबिस घण्टे बजारका लागि चर्चित छ । यो देशको क्षेत्रमा केवल १.९५ वर्ग किलोमिटर छ । त्यसैले १ घण्टा भन्दा पनि कम समयमा पैदलै हिँडेर यो देश पूरै घुम्न सकिन्छ ।

भुमध्यसागरको उत्तरी मध्य तटमा अवस्थित यो देशको तिनवटा दिशाको सिमा फ्रान्ससँग जोडिएको छ । यहाँ संवैधानिक राजतन्त्र छ । यो देशका सबै मानिस करोडपति छन् । यो देशको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ ।

स्मरण रहोस् विश्वको सबैभन्दा सानो देश चाहीँ भ्याटिकन सिटी हो । जसको क्षेत्रफल ०.४४ वर्ग किलोमिटर रहेको छ । जुन मोनाको भन्दा निकै सानो हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment