Comments Add Comment

यो हो १६ लाखको गधा, यस्तो छ पालन-पोषण


भारतको हरियाणा उसै त अब्बल नश्लका पशुहरुको लागि चर्चित छ । करोड पर्ने भैँसी तथा गाई र बहरसम्मका समाचार विगतमा आइसकेका छन् । अहिले चाहीँ एउटा लखपति गधाले चर्चा बटुलीरहेको छ ।

हरियाणाको सोनीपतमा टिप्पु नामको गधा चर्चामा छ । राज सिंह नामक किसानले पालेको यो गधाको मूल्य उनले १० लाख भारु अर्थात् १६ लाख रुपैयाँ तोकेका छन् ।

उनका अनुसार टिप्पु कुनै मामुली गधा होइन । यसको कद अन्य साधारण गधाको भन्दा ७ इन्च लामो छ । टिप्पुको प्रयोग प्रजननका लागि गरिँदैआएको छ ।

एक पशु मेलामा उत्तर प्रदेशका एक व्यक्तिले टिप्पुलाई ५ लाखमा किन्ने प्रस्ताव गरेको तर आफुले १० लाख भारु मूल्य तोकेको उनी बताउँछन् ।

टिप्पुले एक दिनमा ५ किलो कालो चना, ४ लिटर दुध, २० किलो हरियो चना खान्छ । खानापछि मुख मिठाउन लड्डु त नभै हुन्न । नत्र उसको मूड खराब भैहाल्छ । त्यसैले यसको आहारामै दिनमै १ हजार भारु खर्च हुने राज सिंह बताउँछन् । साथै यसको तबेलामा हर समय पंखा चलाइएको हुन्छ ।

टिप्पुको प्रजनन सेवा लिनका लागि हिमाचल प्रदेश, उत्तर प्रदेश तथा उत्तराखण्डबाट समेत सेवाग्राही आउँदछन् । प्रजननका लागि टिप्पुको एक पटक प्रयोग गरेको शुल्क १० हजार भारु हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment