Comments Add Comment

दाङ अपहरणकाण्डः एसएसपीको संयोजकत्वमा अनुसन्धान समिति गठन

क्षेत्रिय प्रहरी प्रमुख डिआईजी विजय कायस्थ

३० जेठ, दाङ । तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठसहित दुई जना अपहरण भएको घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको छ ।

अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य छन् ।

क्षेत्रिय प्रहरी प्रमुख डिआईजी विजय कायस्थले दिएको जानकारी अनुसार समितिमा एसएसपी शाहसहित दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंह, बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राई र सल्यानका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्री सदस्य रहेको जानकारी दिए ।

घटनाबारे थप बुझ्न डिआईजी कायस्थ मंगलबार दाङ आएका छन् । उनले सरोकारवाला निकायहरुसँग जानकारी लिएका छन् । उनले छानबिन समितिले आजैबाट काम सुरु गरेको जानकारी दिँदै छिट्टै सत्यतथ्य बाहिर ल्याउने बताए ।

तुलसीपुरमा बुटवल बस्त्रालय सञ्चालन गरेका व्यवसायी राजकुमार श्रेष्ठ र स्काभेटरको ठेक्कापट्टा गर्ने हापुरका रणबहादुर घर्तीमगर गत शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् । उनीहरु अपहरणमा परेको निष्कर्षसहित प्रहरीले खोजी जारी राखे पनि अवस्था पत्ता लागेको छैन ।

श्रेष्ठ र घर्तीमगरको खोजीमा राज्यले आफ्ना सबै संयन्त्र परिचालन गरेको डिआईजी कायस्थले बताए ।

मंगलबार प्रहरीले संदिग्ध अपहरणकारीको स्केच समेत सार्बजनिक गरेको छ । अपहरणकारी र अपहरणमा परेकाहरुको सूचना दिने व्यक्तिलाई प्रहरीले एक लाख नगद पुरस्कार दिने घोषणा समेत गरेको छ । प्रहरीले भुन्टी नामको कुकुर पनि अनुसन्धानमा प्रयोग गरेको छ ।

यो पनि पढ्नुहोस् 

तुलसीपुरका व्यवसायी श्रेष्ठलाई अपहरण गर्नेको स्केच सार्वजनिक, सूचना दिनेलाई १ लाख पुरस्कार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment