Comments Add Comment

अक्षयको ‘ट्वाइलेट एक प्रेमकथा’लाई मोदीको साथ


हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेमकथा’ को टे्रलर रिलिज भए लगत्तै नायक अक्षय कुमारको चर्चा एकाएक बढ्यो । सर्वसाधारण दर्शक मात्रै हैन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत चलचित्रको ट्रेलरको प्रशंसा गरे ।

टे्रलर हेरेपछि प्रधानमन्त्री मोदीले लेखेका छन्-‘स्वच्छताको सन्देश अगाडि बढाउने शानदार प्रयास । स्वच्छ भारत बनाउनका लागि १२५ करोड भारतीयको एकसाथ मिलेर अघि बढ्नुपर्छ ।’

मोदीले ट्वीट गरे लगत्तै अक्षय कुमारले लेखेका छन्-‘तपाइलाई धेरै धन्यवाद सम्माननीय सर । म आशावादी छु हामी आम नागरिकको मानसिकता बदल्न सफल हुन्छौं ।’

यस चलचित्रका निर्माता अरुण भाटिया हुन् भने अक्षय कुमार र भूमी पेडनेकरले मुख्य भुमिका निर्वाह गरेका छन् । ग्रामिण क्षेत्रमा ट्वाइटेलको महत्ववारे चलचित्रमा प्रष्ट पार्ने प्रयास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment