Comments Add Comment

प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

३० जेठ, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि गोपाल पराजुलीसहित ६ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषद्ले मंगलबार नाम सिफारिस गरेको हो । पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस भएको हो ।

उमेर हदका कारण अवकास पाउनुअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत मंगलबार ६ जनाको नाम सिफारिस गरेकी थिइन् ।, तर, कार्कीले गरेको यो सिफारिसको संवैधानिक हैसियत नहुने भन्दै परिषद्ले अर्को सिफारिस गरेको छ ।

न्याय परिषद्ले पठाएको नाम मध्येबाट संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गर्नेछ । परिषद्को सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment