Comments Add Comment

प्रधानमन्त्रीले बोलाए प्रमुख दलहरुको बैठक


३० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले चुनाव विथोल्न आमहड्ताल आहृवान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलहरुको बैठक बोलाएका छन् ।

प्रमुख तीन दलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । लगतै राप्रपा, उपेन्द्र यादव नेतृत्वको फोरम र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सहितका दलहरुको बैठक बस्ने एक नेताले बताए ।

त्यसअघि मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।

राजपाले असार २ गतेको उम्मेदवारी दर्तालाई अवरोध गर्ने गरी आज मंगलबारदेखि बन्द आहृवान गरेको छ । प्रदेश नम्बर ५ र १ मा बन्दको सामान्य प्रभाव छ तर, प्रदेश नम्बर २ मा बन्दको प्रभाव बढी छ र आन्दोलनकारी तोडफोडमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment