Comments Add Comment

बर्षकै सर्वाधिक कमाउने नायकमा साहरुख पहिलो, सलमान र अक्षयको कमाई कती ?


बलिउडका ३ चर्चित नायक यो बर्षकै सर्वाधिक कमाई गर्ने सय जना सेलिब्रेटीको सूचीमा परेका छन् । विश्वकै चर्चित म्यागेजिन ‘फोब्र्स’ले सार्वजनिक गरेको सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा नायक साहरुख खान ६५ औ स्थानमा छन् । उनले यो बर्ष ३८ मिलियन डलर कमाइ गरेका छन् । यो २ सय ४२ करोड भारतीय रुपैयाँ हो ।

साहरुखले ‘रइस’ चलचित्रबाट राम्रो कमाई गरेका थिए । यस्तै, क्रिकेट टिम, विभिन्न विज्ञापनमा अभिनयले पनि साहरुखलाई सर्वाधिक कमाइ गर्ने बलिउड कलाकारको सूचीको पहिलो स्थानमा उभ्याएको छ ।

यस्तै, नायक सलमान खान भने सूचीको ७१ औ स्थानमा छन् । उनले ३७ मिलियन डलर कमाइ गरेका छन् । सलमानले पनि चलचित्र ‘सुल्तान’, ‘ट्यूवलाइट’को प्रदर्शन अगाडिको कमाइबाट राम्रो आम्दानी गरेको म्यागेजिनमा उल्लेख छ । यस्तै, नायक अक्षय कुमार ८० औ स्थानमा परेका छन् ।

अक्षयले यो बर्ष २०१७ मा ३५.५ मिलियन डलर कमाइ गरेका छन् । अक्षयले पनि चलचित्र, विज्ञापनबाट राम्रो कमाइ गरेका छन् । अमिताभ बच्चन, आमिर खान जस्ता सुपरस्टार भने सय भित्र परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment