Comments Add Comment

बर्षाको एउटा तस्बिरले दीपाश्रीलाई तनाव


चलचित्र ‘छक्का पन्जा २’को छायांकन आजबाट सकिदैछ । एउटा गीतको छायांकन असार ५ गते गर्नेगरि अन्य छायांकन आजबाट सकिने निर्माणपक्षले जानकारी गराएको छ ।

गतबर्षको सर्बाधिक सफल यो चलचित्रको नामको पछाडि २ थपेर तयार पारिएको ‘छक्का पन्जा २’ पनि दर्शकका लागि प्रतिक्षित नै हुने भयो ।
दर्शकले चलचित्र ‘छक्का पन्जा’मा नायिका बर्षा राउतलाई गाउँकी एक महिलाको भूमिकामा देखेका थिए ।

श्रीमान् विदेश गएको समयमा ‘राजा’ नाम गरेका पात्रसँग हिमचिम बढाएर बर्षाले पछि पछुतो मानेकी थिइन् । सामान्य गाउँकी यूवतीको भूमिकामा देखिएकी बर्षा यसपटक कस्तो भूमिकामा देखिदैछिन् भन्ने धेरैलाई लागेको हुनसक्छ ।

तर, नायिका राउतको गेटअपको तस्बिर सार्वजनिक भएपछि निर्देशक दीपाश्री निरौलालाई भने तनाव बढेको छ । दीपा बर्षाको तस्बिर छायांकन सेटबाटै लिक नहोस् भन्ने चाहन्थिन् । तर, स्वयंम नायिका र अन्य कलाकारले फेसबुकमा तस्बिर राखिदिए ।

यसपटक, दर्शकले बर्षालाई आधुनिक यूवतीको भूमिकामा देख्न सक्नेछन् । दीपाले भनिन्-‘फेसबुकमा तस्बिर नराख भन्दा मानेनन् । अब अर्को चलचित्रमा त तस्बिर पनि सार्वजनिक गर्न नपाइने शर्त राखेर संझौता गर्छु ।’

दर्शकले ‘छक्का पन्जा’कीबर्षालाई ‘छक्का पन्जा २’मा विल्कुलै फरक भूमिकामा देख्नेछन् । दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, किरण केसी, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र असोज ११ गतेबाट रिलिज हुँदैछ ।

हुनत, चलचित्र रिलिजको समयमा फन्डा गर्न दीपक र दीपा माहिर मानिन्छन् । बर्षासँगको यो असन्तुष्टी पनि कतै दीपाकाे नयाँ फन्डा त होइन ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment