Comments Add Comment

अष्टम पदमा देउवाको राहु, बालुवाटार सर्न ज्योतिषीले रोके !

१ असार, काठमाडौं । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् । उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

देउवाको कुण्डलीअनुसार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विध्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन् ।

वरिष्ठ ज्यातिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछि मात्रै निवास सर्न सुझाएका छन् । ‘उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब असार ४ वा ५ गते मात्रै शुभ मुहूर्त छ,’ न्यौपानेले भने, ‘४ दिन बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ ।’ नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment