Comments Add Comment

निर्वाचन आयोगले चुनाव सार्न मानेन, मिति सारे ‘दुर्घटना’ हुने चेतावनी

१ असार, काठमाडौं । निर्वाचन आयोगले तराई मधेसका केही जिल्लामा चुनाव सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ । उसले अब चुनाव सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको छ ।

राष्ट्रिय जनता पार्टीसँग वार्ता अघि सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए । सरकारले तराई मधेसका केही जिल्लामा चुनाव सारेर भएपनि उसलाई सहभागी गराउन चाहेको छ ।

तर, निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएको छ । ‘प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुन्छ भन्नु भएको छ,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भनेेका छन् ।

उनका अनुसार दलका नेताहरुले यो दुर्घटनाबाट बच्ने उपाय केही छन् कि सोच्नुस् है भनेका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने आफूहरुले चुनावी तयारीबारे जानकारी गराएको बताए । चुनाव जहिले पनि चुनौतीपूर्ण हुने भन्दै उनले गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाउँछु भनेकाले कुनै समस्या नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment