Comments Add Comment

रेखासँग फिल्म खेल्दा आर्यन-दिनेशको सम्बन्ध चिसियो, किन टिक्दैन आर्यनको मित्रता ?


आठ बर्ष अगाडि नायक आर्यन सिग्देलको सम्बन्ध नायिका रेखा थापासँग चिसियो । रेखा र आर्यनको सम्बन्ध सकिदै गर्दा यी दुइले एक अर्कासँग चलचित्र नै नखेल्ने अभिव्यक्ति दिन थाले । नायक सिग्देल त रेखासँग कहिल्यै चलचित्र नै खेल्दिन भन्दै आफ्ना साथीहरुसँग कुरा गर्थे । सो समयमा त उनका साथीहरुले आर्यनको कुरा पत्याए ।

तर, आर्यनको कुरा ८ बर्ष पनि टिकेन । उनी, अहिले नायिका रेखा थापासँग चलचित्रमा काम गरिरहेका छन् । रेखासँग आर्यनको सम्बन्ध जोडिरहँदा उनको निकट साथीहरुसँग भने सम्बन्ध ध्वस्त भएको छ ।

सुदर्शनले बनाए स्टार, तर टिकेन सम्बन्ध
चलचित्र ‘मेरो एउटा साथी छ’मा काम गर्नु अगाडि आर्यन नेपाली चलचित्रमा उदाउँदै थिए । तर, सुदर्शन थापा निर्देशित यो चलचित्रले उनलाई रातारात स्टार बनाइदियो । आर्यनको चकलेटी फेशमा जीवन्त अभिनय, यूवतीहरु मरिहत्ते गर्न थाले ।

सुदर्शनसँग निकट हुँदा आर्यनले अन्य चलचित्रकर्मीलाई खासै वास्ता नै गरेनन् । उनको उठबस नै सुदर्शनसँग हुन्थ्यो । यसपछि, उनले ‘के यो माया हो, मेरो लभ स्टोरी, मधुमास’ जस्ता चलचित्रमा सुदर्शनसँगै काम गरे । तर, ‘मधुमास’ पछि भने आर्यन र सुदर्शनको सम्बन्ध चिसियो । उनीहरुले, कार्यक्रममा पुग्दा पनि एक अर्कालाई वेवास्ता गर्न थाले । अहिले त उनीहरुको बोलचाल नै छैन ।

सुदर्शनपछि हसनसँग निकट
सुदर्शनसँग सम्बन्ध सकिएपछि आर्यन अर्का कलाकार हसनराजा खानसँग नजिक भए । सार्वजनिक कार्यक्रमदेखि प्राइभेट पार्टीसम्ममा हसन र आर्यन एकसाथ हुन्थे । आर्यनको खुट्टाको अप्रेशन गर्दा हसनले उनलाई हरेक स्थानमा साथ दिए ।

हसनले आर्यनलाई लिएर चलचित्र ‘अलबिदा’मा लगानी गरे । आर्यनकै स्टारडमका कारण चलचित्र चल्छ भन्ने उनलाई लागेको थियो । तर, यस्तो भएन ।

आर्यनलाई निकै ठूलो साथ दिएका हसनसँग पनि चकलेटी हिरोको सम्बन्ध धेरै टिकेन । अहिले, उनीहरुको सम्बन्ध पहिलेको जस्तो छैन ।

दिनेशसँग पनि कमजोर बन्यो सम्बन्ध
आर्यनको पछिल्लो केही बर्षयता निर्देशक दिनेश राउतसँग सबैभन्दा राम्रो सम्बन्ध थियो । दिनेशसँग आर्यनले चलचित्र ‘आई एम सरी, नोभेम्बर रेन र क्लासिक’मा काम गरे । चलचित्र ‘पर्व’मा आर्यन नहुँदा धेरैले दिनेश र आर्यनको सम्बन्ध सकिएको चर्चा गरेका थिए । तर, अहिले भने आर्यन र दिनेशविच सम्बन्ध सुमधुर छैन । यसको पछाडि निम्न कारण रहेको वुझिएको छः

१. आर्यनलाई लिएर दिनेशले चलचित्र ‘टकिला सनराइज’ बनाउने तयारी गरेका थिए । यो चलचित्रका लागि आर्यनले शरीरको तौल निकै घटाउनुपर्ने थियो । तर, आर्यनले निर्देशकको कुरा खासै फलो गरेनन् ।

बरु, आर्यनलाई दबाब दिन निर्देशकले नै ८ केजी तौल घटाए । सुरुमा यो चलचित्र गर्न उत्साहित आर्यनले अन्त्यमा यो चलचित्र गर्दिन भनिदिए । यसको पछाडि कथावस्तु कारण रहेको वुझिएको छ । दिनेश यो चलचित्रको कथावस्तुमा ढुक्क थिए । तर, आर्यन भने यो कथावस्तुमा चलचित्र नचल्ने भन्दै टाढिए । जसले गर्दा, आर्यन र दिनेशको सम्बन्ध चिसियो ।

यो चलचित्रलाई सुरुवातमा आर्यन सिग्देल इन्टरटेन्मेन्टबाट निर्माण गर्ने पक्का थियो । तर, अब नायिका नम्रता श्रेष्ठको हाइ हिल ब्यानरसँग निर्माता बिष्णु कार्कीले सहकार्य गर्दै चलचित्र बन्नेछ । चलचित्रको धेरै कुरा भने गोप्य राखिएको छ ।

२. आर्यनले चलचित्र ‘क्लासिक’को पनि उदाहरण सार्वजनिक स्थानमै दिएका थिए । दिनेशले ‘टकिला सनराइज’ प्रति आफू विश्वस्त रहेको बताइरहँदा आर्यनले भने ‘क्लासिक’मा पनि आत्मविश्वास भएर देखियो भन्दै मुख फोरे । जुनकुरा दिनेशलाई नराम्रो लागेको थियो ।

३. नायिका रेखा थापासँग आर्यनले चलचित्र खेलेपछि यी दुइको सम्बन्ध अझ टाढिएको हो । आर्यनले रेखासँग चलचित्र खेल्दिन भनेर सबैभन्दा धेरै पटक दिनेशसँग नै भनेका थिए । तर, उनी रेखासँगै जोडिएपछि दिनेश टाढिएका हुन् ।

४.दिनेश आफ्ना हरेक चलचित्रमा नम्रता श्रेष्ठ नै खोज्छन् । नम्रता नायिका नभएको चलचित्र निर्देशन गर्न नचाहने दिनेश र आर्यनको कुरा यसमा पनि नमिलेको हो । आर्यन चलचित्रमा नयाँ नायिकासँग काम गर्न चाहन्थे ।

दिनेश अहिले ‘टकिला सनराइज’ चाडो भन्दा चाडो बनाउने तयारीमा छन् । यो चलचित्रमा नायिकाको रुपमा नम्रता श्रेष्ठ भएपनि नायकको रुपमा आर्यन सिग्देल भने नहुने वुझिएको छ ।

एकजनासँग मित्रता गासेपछि अरुलाई वास्ता नगर्ने बानीका कारण पनि आर्यनको सम्बन्ध धेरैसँग जोडिन्छ र तोडिन्छ । आर्यन नेपाली चलचित्रमा चलेका नायक त हुन् । तर, रिभर्ज बानी, स्टारडमको अर्थ नवुझ्दा अहिले उनलाई अप्ठ्यारो परेको छ ।

रेखासँग ८ बर्षपछि मिलेका आर्यन सुदर्शन, हसन र दिनेशसँग पनि कुनै दिन त नजिक होलान् नै । तर, एउटालाई पाएपछि अरुलाई छाड्ने आर्यनको शैलीले उनलाई फाइदा भने गरेको छैन । हामी त आशा गर्छौ, नेपाली चलचित्र भित्रका कोही पनि चलचित्रकर्मीको सम्बन्ध कसैसँग पनि नविगि्रयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment