Comments Add Comment

स्वीडिस डिफेण्डर भिक्टर कीर्तिमानी मूल्यमा युनाइटेडमा अनुबन्धित

१ असार, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज क्लव बेनफिकाका स्वीडिस डिफेण्डर भिक्टर लिण्डेलोफलाई ३१ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।

स्वीडेनका २२ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी भिक्टर बुधबार मेडिकलका लागि म्यान्चेस्टर पुगेका छन् ।

भिक्टरले स्वीडेनका लागि १२ क्याप जितेका छन् । अनुबन्धित भएपछि उनी युनाइटेडका सबैभन्दा महंगा डिफेण्डर बनेका छन् । सन् २००२ मा रियो फर्डिनाण्डलाई युनाइटेडले २९.१ मिलियन पाउण्डमा भित्र्याएको थियो ।

चार वर्ष नियमित र एक वर्ष थप्न सकिने गरी अनुबन्धित भएका २२ वर्षीय डिडफेण्डरले आफू रोनाञ्चित भएको प्रतिक्रिया दिएका छन् ।

‘मैले लामो समय बेनफिकाबाट खुसीसाथ खेलेँ र धेरैकुरा सिकेँ तर ओल्ड ट्राफोटमा बिशेष गरी जोसे माउरिन्होका लागि पि्रमियर लिग खेल्न म उत्सुक छु र मेरो उपस्थिति र प्रयासबाट टिमले धेरैभन्दा धेरै उपाधि जितोस् ।’ बेनफिकालाई दुई पटक घरेलु लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका यी सेन्टरब्याकले भने । उनले बेनफिकाबाट ४७ खेल खेलेका छन् ।

‘भिक्टर एक निक्कै नै प्रतिभाशाली खेलाडी हुन्, जसले युनाइटेडको शानदार भविश्यको लागि धेरै योगदान गर्न सक्छन् । गत सिजनको प्रदर्शनलाई हेर्दा हामीले उपाधिका लागि अझै गहिराईमा पुग्न आवश्यक छ र त्यसैका लागि पहिलो अनुबन्धका रुपमा भिक्टरलाई हामीले रोजेका हौं ।’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment