Comments Add Comment

एनआरएन जापानको चुनावः आकांक्षीलाई राजनीतिक दलको काँध

१५ जुन, टोकियो । एनआरएन जापानको चुनाव नजिकिएसँगै भावी नेतृत्वका लागि टासी लामा र अनुज थापा प्रमुख आकांक्षी देखिएका छन् । लामा वर्तमान उपाध्यक्ष हुन् भने थापा महासचिव हुन् ।

उपाध्यक्ष लामा र महासचिव थापा आफ्नो पक्षमा बहुमत जुटाउन यतिबेला लबिङमा व्यस्त छन् । दौडधुपमा व्यस्त रहेका लामा र थापाबीच प्रतिस्पर्धा हुने धेरैले अनुमान गरेका छन् ।

एक एनआरएन नेताका अनुसार टोकियोभित्र थापाभन्दा लामाको निकै बलियो पकड देखिए पनि बाहिर थापाको कब्जा राम्रो छ । उता फुकुओका क्षेत्र भने लामा र थापा दुबैको राम्रो पकड क्षेत्र मानिन्छ ।

तर वर्तमान अध्यक्ष सुदन थापा पनि पुनः अध्यक्षमा दोहोरिने हल्लाले अध्यक्षका आकांक्षीद्वय लामा र थापालाई घाटा पुग्ने अनुमान गरिएको छ । सक्षम, शलिन र भऽ स्वभावका कारण जापानबासी नेपालीमाझ लोकपि्रय रहेका अध्यक्ष थापाले पुनः उम्मेदवारी दिने हुन् कि भन्ने त्रासमा जापानमा क्रियाशील राजनीतिक दलहरु पनि रहेको बुझिएको छ ।

तर अध्यक्ष थापाले यस बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनको हाम्राभन्दा पनि राम्रा र जापानबासी नेपालीको हितमा काम गर्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनु पर्ने ठम्याइ छ ।

त्यस्तै अर्का उपाध्यक्ष देवीलाल भण्डारी पनि अध्यक्षको आकांक्षी देखिन्छन् । तर उनी लामा र थापाको अगाडि निकै कमजोर देखिन्छन् । तर एमालेनिकट एक नेताका अनुसार भण्डारीलाई ओएनएफले साथ दिएको खण्डमा जित्ने निश्चित छ ।

उता लामालाई पनि जापानमा रहेका कांग्रेस र अनुजलाई राप्रपा र नयाँ शक्तिले साथ दिने एनआरएनका एक सदस्यले अनलाइनखबरलाई बताएका छन् । तर माओवादी केन्ऽ भने यस बिषयमा अझै मौन छ ।

त्यस्तै महासचिव पदका लागि जोन छन्त्याल र बुद्धि राज घिमिरे आकांक्षी रहेका छन् ।

घिमिरे एनआरएन जापानको वर्तमान सचिवभएनि छन्त्यालको अगाडि कमजोर आकांक्षीको रुपमा धेरैले अनुमान गरेका छन् । छन्त्यालको जापानभरिनै राम्रो पकड राम्रो देखिन्छ ।

तर वर्तमान कार्यसमितिमा रहेर घिमिरेले गरेको योगदानका कारण जापानबासी नेपालीमाझ राम्रो छबि बनाएका घिमिरेले छन्त्याललाई टक्कर दिने कसरत गरिरहेका छन् । छन्त्याललाई माओवादी केन्ऽको साथ छ भने घिमिरेलाई एमालेको साथ छ ।

उता महिला उपाध्यक्षमा भने वर्तमान सदस्य सबिता श्रेष्ठले उम्मेदवारी दिइसकेकी छन् । त्यस्तै मुख्य पदका लागि कोषाध्यक्ष दीपक थापा, सदस्यहरु बाबुराम भण्डारी, प्रल्हद सिंह महत्त, अनिल थापा, जिवन न्यौपाने, लेलिन भट्टचनलगायतको नाम चर्चामा रहेको छ ।

बाह्र हजारभन्दा सदस्य रहेको एनआरएन जापानको अधिवेशन आगामी अगष्टमा हुनेछ ।

यसरी अध्यक्ष र महासचिवका आकांक्षीलाई राजनीतिक दलले दिएको साथबाट बुझ्न सजिलै सकिन्छ एनआरएन जापान पनि राजनीतिबाट अछुुतो छैन । के अब राजनीतिक दलको समर्थनका व्यक्तिलाई जापानबासी नेपालीले साँच्चै स्वीकार्लान् त ?

तर यहाँ रहेका नेपालीहरुले राजनीतिको आडमा पदमा पुगेका व्यक्तिले जापानबासी नेपालीहरुको हितमा कस्तो काम गर्लान् भन्ने चिन्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment