Comments Add Comment

तीन प्रदेशको उम्मेदवारी दर्ता ४ गते गर्ने निर्वाचन आयोगको निर्णय

१ असार, काठमाडौं । निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता यही असार ४ गते सारेको छ । आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते आइतबार गर्ने निर्णय गरेको हो ।

यसअघि भोलि शुक्रबारदेखि मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । तर, सरकारको आग्रहअनुसार मनोनयन दर्ताको मिति दुई दिन पछि सारिएको निर्वाचन आयोगले जनाएको छ ।

सरकारले दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नम्बर प्रदेशको चुनाव गराउँदै छ । दुई नम्बर प्रदेशको चुनाव भने तेस्रो चरणमा आगामी असोज २ गते गर्ने सरकारले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् 

प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सरकारको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment