Comments Add Comment

राजपाको अराजकताः सिराहामा प्रहरीको गाडी तोडफोड, परासीमा कांग्रेसको झण्डा जलाइयो

चुनाव सरे पनि रोकिएन आन्दोलन

२ असार, काठमाडौं । सरकारले राजपासँगको छलफलपछि २ नम्बर प्रदेशको चुनाव असोजमा सार्ने निर्णय गरे पनि आन्दोलनकारीले अराजक क्रियाकलापलाई तीब्रता दिएका छन् ।

राजपाले आह्वान गरेको मधेश बन्दको चौथो दिन शुक्रवार सिराहामा प्रहरी सवार बसमा तोडफोड गरेका छन् । उता नवलपरासीको परासी बजारमा नेपाली कांग्रेसका प्रचार सामाग्री र झण्डा जलाइएका छन् ।

राजपा कार्यकर्ताले सिराहाको गोलबजारमा प्रहरीले प्रयोग गरेको बसमा तोडफोड गरेका हुन् । प्रहरी लेखिएको ब्यानर देख्दादेख्दै अराजक कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

आन्दोलनकारीहरु अराजक बनेको स्थानीयले बताएका छन् । बन्दकर्ताले रिक्सा चालकमाथि समेत दुव्र्यवहार गरेका छन् । उनीहरुले औषधी पसल पनि चल्न दिएका छैनन् ।

उता नवलपरासीको परासीको भित्री भागमा राजपा कार्यकर्ताले कांग्रेसको झण्डा र चुनाव प्रचारमा प्रयोग भएका टिसर्ट सडकमा लगेर जलाएका छन् ।

झण्डा र टिसर्ट जलाइएकोमा कांग्रेसले आपत्ति जनाएको छ । प्रहरीले दर्जनको संख्यामा रहेका बन्दकर्तालाई छुट दिँदा उनीहरु अराजक बनिरहेको एमालेका सांसद तथा केन्द्रीय सदस्य बैजनाथ चौधरीले बताए । उनले कुनै पनि दलका झण्डा जलाउने कार्य अराजक भएकाले एमालेको बिरोध रहने बताए ।

त्यसैगरी राजपा कार्यकर्ताले महोत्तरीमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको कार्यालयमा तोडफोड गरेका छन् ।

राजपा केन्द्रीय सदस्य उपेन्द्र महतोले प्रहरीको गाडी तोडफोड र कांग्रेसको झण्डा जलाइएको पुष्टि गर्दै ती अराजक घटनाका फोटो समेत फेसबुकमा पोष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment