Comments Add Comment

संविधान संशोधन नभएसम्म चुनावमा जान्नौंः राजकिशोर यादव

२ असार, जनकपुर । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णय मान्य नहुने बताएका छन् ।

आफूहरुको आन्दोलन भाँड्ने नियतका साथ सरकारले निर्वाचनको मिति सार्ने निर्णय गरेको उनले आरोप लगाए ।

जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले आफूहरुसँग सल्लाह समेत नगरी प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्ने निर्णय लिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘मधेसलाई खण्डित गर्न, राजपाको आन्दोलनलाई बिभाजन गर्न र चुनाव विरोधी शक्ति भनेर राजपालाई आरोपित गर्ने षडयन्त्रअनुसार सरकारले यो निर्णय गरेको हो,’ यादवले भने, ‘सरकारले हामीसँग चुनाव सार्ने निर्णयमा कुनै समर्थन वा सल्लाह मागेको छैन ।’

उनले संविधान संशोधन नभई निर्वाचन जान नसकिने अडान दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment