Comments Add Comment

लण्डन आगलागीमा मृतकको संख्या १७ पुग्यो, ३५ वेपत्ता

२ असार, लण्डन । पश्चिम लण्डनको २४ तले भवनमा भएको आगलागीमा परेर १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३५ जनाको अवस्था अज्ञात छ ।

अधिकारीहरुले आगलागीको समयमा भवनमा २ सय भन्दा बढी व्यक्तिहरु रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् । केही व्यक्तिहरुलाई भने उद्धारकर्मीले तत्कालै उद्धार गरेका थिए ।

एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडीसहित दर्जनौं व्यक्तिहरु लण्डनको भवनमा लागेको आगलागीमा परी हराइरहेका समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

गत बुधबार बिहानीपख २४ तले ग्रेनफेल टावरमा आगो लागेको थियो । उक्त आवासीय भवनमा आगलागीमा परी दर्जनौं घाइते भएका थिए भने ५० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाले बसोबास गर्दै आएको अनुमान गरिएको छ, तर अन्तरार्र््िट्रय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको संख्या २०० भन्दा बढी थियो ।

आगलागीको कारण अझै प्रष्ट भएको छैन । प्रधानमन्त्री टेरिजा मेले आगलागीको घटनामा दुःख व्यक्त गर्दै अनुसन्धान कार्यलाई तिव्रता दिन निर्देशन दिइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment