Comments Add Comment

चुनाव बहिस्कारको आन्दोलन जारी राख्ने राजपाको निर्णय

चुनावमा आउँदैनौं, आन्दोलनका कार्यक्रम फिर्ता गर्दैनौंः राजकिशोर

२ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ ।

राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो ।

‘सरकारले हाम्रो सहमति बेगर एकतर्फीरुपमा २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको छ,’ राजपा नेता राजकिशोर यादवले अनलाइनखबरसँग भने, ‘सरकारको यस्तो निर्णय हामीलाई मान्य छैन, हामी हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं र आन्दोलन जारी राख्छौं ।’

यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने यादवले बताए । साथै विगतमा मधेसकेन्दि्रत दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको उनले बताए ।

राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्‍याउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम ४ गते गर्ने गरी सारेको छ ।

यस्तो छ राजपाको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment