Comments Add Comment

घट्यो पेट्रोल-डिजेलको मूल्य, अायल निगमको नाफा महिनामै ७६ करोड


२ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेल मूल्य घटाएको हो ।

निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।

यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १.५० रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै डिजेल र मट्टतिेल लिटरमा १.५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।

एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकाले तेल सस्तो बनाएको पोखरेलले बताए । पुसमा मूल्य बढाएपछि तेलमा मूल्य समायोजन गरको थिएन । निगमलाई नयाँ मूल्य कायम गर्दा ७६ करोड रुपैयाँ नाफा रहनेछ ।

निगमले नयाँ मूल्यअनुसार नेपालमा भारतभन्दा पेट्रोलमा ११ रुपैयाँ ५५ पैसा, मटितेलमा ११ रुपैयाँ ४० पैसा र डिजेलमा १९ रुपैयाँ ३५ कममा तेल उपलब्ध गराइरहेको पोखरेलले बताए ।

त्यसैकारण अहिले नेपालबाट तेल तस्करी भएर भारत जाने गरेको दावी निगमको छ । मूल्य धेरै घटाउँदा तेलको तस्करी उच्च हुने निगमका अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment