Comments Add Comment

नेपाल वायुसेवा निगमले एएआरलाई पठायो ८ अर्ब


२ जेठ काठमाडौं । दुई वाइडबडी जहाज खरिदका लागि नेपाल वायुसेवा निगमले शुक्रबार अमेरीकी कम्पनी एएआरलाई ८ अर्ब रुपैयाँ रकम पठाएको छ । नेपाल कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषसँग ८ अर्ब ऋण लिएर निगमले किस्ता बापत उक्त रकम एएआरलाई पठाएको हो ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले दिउँसो दुई बजे उक्त रकम एएआरलाई पठाएको जानकारी दिए । यो बाहेकको अन्य बाँकी रकम भने निगमले विमान आउने बेलामा मात्रै पठाउनेछ ।

निगमले एएआरसँग दुईवटा वाइडबडी जहाज खरिद गर्न लागेको छ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको छ ।

निगमले जहाज खरिदको लागि बैना रकम भने १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ । कंसकारले भने ‘अब विमान आउने बेलामा मात्रै रकम पठाउनुपर्छ । आज ८ अर्ब पठाएका छौं ।’ पहिलो विमान सन् २०१८ को अपि्रलसम्म ल्याइएसक्ने निगमको योजना छ ।

केही दिन अघि मात्रै निगमले यो रकम पठाउनका लागि राष्ट्र बैंकसँग अनुमति मागेको थियो राष्ट्र बैंकले अनुमति दिएसँगै निगमले ८ अर्ब रकम एएआरलाई पठाएको हो । हालै मात्रै निगमले नेपाल कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण सम्झौता गरेको थियो ।

त्यस्तै एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment