Comments Add Comment

लाप्राक पुनर्निर्माणमा २४ देशका स्वयंसेवी खटिए 


३ जेठ, लाप्राक, । गैरआवासीय नेपाली संघले गोर्खाको हिमाली क्षेत्र लाप्राकमा निर्माण गरिरहेको एकीकृत नमुना वस्ती निर्माण कार्यमा सहयोग गर्न ४० जना अन्तराष्ट्रिय स्वयंसेवीहरु लाप्राक आइपुगेका छन् ।

२४ देशका इन्जिनियरिङ अध्ययन गरिरहेका बिद्यार्थीहरु यो स्वयंसेवी टोलीमा सहभागी छन् । बिहीबार साँझ लाप्राक आइपुगेका उनीहरुले शुक्रबार बिहानैदेखि घर निर्माण कार्य थालेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्की सदस्य जमुना गुरुङले स्वयंसेवीहरुलाई स्वागत गर्दै निर्माण कार्य, मापदण्ड लगायतका बिषयमा जानकारी दिएकी थिइन् । त्यसअघि काठमाण्डौमा उनीहरुलाई पुनःनिर्माणस्थलको भौगोलिक अबस्था, सुरक्षामा अपनाउनुपर्ने साबधानी लगायतका बिषयमा अभिमूखीकरण तालिम दिइएको थियो ।

करिव एक महिना लाप्राकमा बस्ने उनीहरुले इटा उत्पादनदेखि घर निर्माणका सम्पूर्ण काममा सहभागीता जनाउने छन् । गैरआवासीय नेपाली संघ थाइल्याण्डको पहलमा ‘इन्टरनेशनल एसोसिएसन फर द एक्सचेन्ज अफ स्टुडेन्ट फर नेक्निकल एक्सपिरियन्स’ नामक संस्थामार्फत यी स्वयंसेवी एकैपटक नेपाल आइपुगेका हुन् । लाप्राक बस्दा उनीहरुलाई गैरआवासीय नेपाली संघले खाने र बस्ने सुविधा प्रदान गर्ने छ ।


गैरआवासीय नेपाली संघले २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ध्वस्त भएको लाप्राक वस्तीलाई पुनःनिर्माण गर्ने अभियान अन्र्तगत लाप्राककै गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत नमुना वस्ती निर्माण गरिरहेको छ ।

लाप्राक नमुना वस्ती निर्माण अभियानमा नेपाली सेनाले पनि एनआरएनएसँग सहकार्य गरिरहेको छ । नेपाली सेनाले लाप्राकमा १२० जना सेना निर्माण कार्यका लागि खटाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment