Comments Add Comment

दोस्रो चरणको स्थानीय चुनावको तयारी पूरा, उम्मेदवारी दर्ता भोलि

६४ लाख बढी मतदाता, १५ हजार ३८ प्रतिनिधि चुनिने

३ असार, काठमाडौं । दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । भोलि विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने १४ गते मतदान हुनेछ ।

‘उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग हार्दिक अपील गर्दछु’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भनेका छन् ।

दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुनेछ, जसमा बिराटनगर महानगरका साथै ७ उपमहानर, १११ नगरपालिका र २१५ गाउँपालिका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् र १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

निर्वाचन आयोगका अन्सार ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् ।

आगोगले ४७ वटा संस्थाका करिब ७ हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment