Comments Add Comment

गोर्खाल्याण्ड आन्दोलनः सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु

३ असार, काठमाडौं । दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । घटनामा दुई समर्थकको मृत्यु भएको गोजमोका सचिव विनय तामाङले बताएका छन् ।

घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइएपनि पुष्टि भएको छैन । सुरक्षा अधिकारीहरुले उनको मृत्यु भएको बताएका थिए । तर, पश्तिम बंगालका मुख्यमन्त्री ममत बनर्जीले उनी जिवितै रहेको  तर, उनको अवस्था गम्भीर रहेको बताएका छन्  ।

यद्यपि दार्जीलिङ पोष्टले मृतकको संख्या ५ पुगेको बताएको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।

दार्जीलिङ अहिले पनि तनावग्रस्त छ ।

यता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भने कोलकत्तामा दार्जीलिङका जातीय बार्ढका प्रतिनिधिसँगको छलफलमा गोजमुमोको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् ।

मोर्चाको संलग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment