Comments Add Comment

प्रियंकाले अवार्ड पाउँदा आयुष्मानले जुरुक्कै बोकेर ओठमा चुम्बन गरेपछि..


नायिका प्रियंका कार्कीले काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पाइन् । अवार्ड पाएपछि उनी खुशी हुँदै आफ्ना प्रेमी आयुष्मान देशराज बसेको स्थानमा पुगिन् । जहाँ, आयुष्मानकी आमा रविना देशराज, भाई आशिरमान देशराज पहिलेदेखि नै बसेका थिए ।

प्रियंका पनि देशराज परिवारसँग बसिरहेकी थिइन् । अवार्ड लिएर स्टेजबाट झरेकी प्रियंकालाई प्रेमी आयुष्मानले बधाई दिदै अंकमाल गरे । तर, सायद उनलाई खुशी अझै साट्न मन लागेछ क्यारे ।
उनले प्रियंकालाई जुरुक्कै बोके र उनको ओठमा चुम्बन गरे । आयुष्मानले प्रियंकालाई बोकेर ओठमा चुम्बन गरेको दृश्य निकै रोचक थियो । यसपछि, यो जोडी हलबाट बाहिर निस्कियो र फ्यानहरुसँग तस्बिर खिचाउनमा व्यस्त देखियो ।

प्रियंका मेरी प्रेमिकाः आयुष्मान
कार्कीले ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पाउनु अगाडि आयुष्मानले ‘उत्कृष्ट नव–अभिनेता’को विधामा पुरस्कार जितेका थिए । अवार्ड पाएपछि उनले स्टेजबाटै नायिका कार्कीलाई आफ्नो प्रेमिकाको रुपमा परिचित गराएका थिए ।

प्रियंका र आयुष्मान प्रेममा रहेको खबर अनलाइनखबरले सबैभन्दा पहिला सार्वजनिक गरेको थियो । तर, सार्वजनिकरुपमा पहिलो पटक यी दुइले आफूहरुको प्रेम स्विकार गरेका हुन् । तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment