Comments Add Comment

मोरङमा माओवादी र उपेन्द्रबीच तालमेल, विराटनगरको मेयर फोरमलाई

मेयरका उम्मेदवार फोरम नेपालका उमेश यादव र उपमेयरका उम्मेदवार माओवादी केन्द्रकी नमिता न्यौपाने

४ असार, विराटनगर । विराटनगर महानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालवीच चुनावी तालमेल भएको छ ।

माओवादी र फोरम नेपालवीच विराटनगर महानगरपालिका र अन्य चार स्थानीय तहमा चुनावी तालमेलको सहमति भएको हो ।

माओवादी केन्द्र र फोरम नेपालले आइतबार बिहान विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारमा फोरम नेपालका उमेश यादव र उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपानेलाई साझा उम्मेदवार घोषणा गरेका हुन् ।

माओवादी केन्द्रले यस अघि विराटनगर महानगरपालिकाको मेयरको उम्म्मेदवारमा भोगेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, फोरम नेपालसंगको तालमेलपछि माओवादी केन्द्रले उपमेयरको उम्मेदवार लिएर मेयरमा फोरम नेपालका उमेशलाई सघाउने सहमति गरेको हो ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका मोरङ अध्यक्ष गोपी आछामीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालमा अध्यक्ष उपेन्द्र यादववीच मोरङ जिल्लामा चुनावी समिकरण गर्ने सहमति भएपछि तालमेल गरिएको बताए ।

फोरम नेपालका केन्द्रीय सदस्य एव लिम्वुवान प्रदेश सहइन्चार्ज भुराज राईले विराटनगर वाहेकका कटहरी गाउँपालिका,धनपाल गाउँपालिका,रतुवामाई नगरपालिकामा मेयर र उपमेयरमा तालमेल गरेर अघि बढ्ने सहमति भएको जानकारी दिए ।

अन्य स्थानीय तहको हकमा पनि मनोनयन पछि पनि तालमेल गर्ने कुराको छलफल जारी रहेको जानकारी दिए । कटहरी गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवारमा श्याम मण्डललाई अघि सारिएको भएपनि फोरम नेपालको तर्फवाट उपप्रमुखमको टुङो लगाउन बाँकी छ ।

संयुक्त पत्रकार सम्मेलन गरी तालमेल बारे जानकारी दिदै माअोवादी र फोरम नेपालका नेताहरू

त्यसैगरी धनपालथान गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्रका विक्रम पासवानलाई अध्यक्ष र उपाध्यक्षमा फोरम नेपालका तर्फबाट इन्द्रमणीदेवी मण्डललाई उम्मेदवार बनाइएको छ ।

यता रतुवामाई नगरपालिकाको मेयरमा माओवादी केन्द्रका प्रकाश पौडेललाई अघि सारिएको छ भने उपमेयरमा फोरम नेपालका तर्फबाट नारायण ताजपुरियालाई उम्मेदवार बनाइएको छ ।

माओवादी केन्द्र र फोरम नेपालले विराटनगर महानगरपालिकासहितका सबै १७ स्थानीय तह रहेमा उम्मेदवारको यस अघि नै टुङो लगाइसकेका थिए ।

शनिबार एमाले र फोरम लोकतान्त्रिकले पनि विराटनगर महानगरपालिकामा चुनावी तालमेल गरेर अघि वढने सहमति भएको थियो ।
मोरङ जिल्लामा विराटनगर एक महानगरपालिकासहित ८ नगरपालिका र आठ गाउपालिका रहेको छ ।

५ लाख बढी मतदाता रहेको मोरङ जिल्लामा ६ सय ५९ मतदान केन्द्र र ३ सय मतदान स्थल तय गरिएको छ ।

यो पनि पढ्नुस्

भरतपुरकै मोडेलमा बिराटनगरमा चुनावी तालमेलः फोरमले बोक्यो एमाले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment