Comments Add Comment

यति कार्पेट भक्तपुरमा आगलागी, अधिकांश सामान जलेर नष्ट

४ असार, भक्तपुर । भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ ।

गएराति ११ः३० बजेबाट सुरु भएको आगलागी आइतबार बिहान ७ः३० बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेका थिए ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment