Comments Add Comment

एनसेलले ‘योण्डर क्याराओके प्रतियोगिता’ आयोजना गर्ने

उत्कृष्ट आकर्षक फोरजी मोबाइल पुरस्कार

४ असार, काठमाडौं । एनसेलले गीत–संगीतका पारखीहरुलाई आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै हरेक हप्ता ४ हप्तासम्म आकर्षक सामसुङ्ग जे सेभन प्राइम मोबाइल फोन जित्न सकिने ‘योण्डर क्याराओके प्रतियोगिता’ सुरु गर्ने घोषणा गरेको छ ।

ग्राहकहरुमाझ लोकप्रिय बनेको योण्डर म्युजिक एप प्रयोग गर्ने एनसेलका सबै ग्राहकले यो सोमबारबाट सुरु हुने यो प्रतियोगितामा भाग लिन सक्नेछन् ।

शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रम माझ यो प्रतियोगिता आयोजना गर्ने घोषणा गरिएको हो । उक्त कार्यक्रममा कलाकार, संगीतकार तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

एनसेलले आफ्नो पिआरबिटी र टोन सेवामार्फत गीत–संगीत क्षेत्रसँग रहेको आफ्नो सम्बन्धलाई थप विस्तार र परिस्कृत गर्दै, गत जेठ १२ लाखौं गीतहरुमा निःशुल्क पहुँचको अवसर प्रदान गर्ने योण्डर म्युजिक एप ल्याएको थियो । यस एपमा स्न्याप क्याराओके जस्तो विषेशता रहेको छ, जसअन्तर्गत प्रयोगकर्ताले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् ।

‘गीत–संगीतका पारखीहरु तथा सधैं थप सामाग्रीहरु खोज्ने ग्राहकहरुका लागि नेपाली तथा अन्तर्राष्ट्रिय गीत–संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्न र देशको गीत–संगीत उद्योगको दीगो विकासमा योगदान पुर्याउन योण्डर म्युजिकसँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

एनसेलका ग्राहकले स्न्याप क्याराओकेमा आफ्नोगीत रेकर्ड गरी फेसबुक र इन्स्टाग्राममा#MysnapkaraokeWeek1 ट्याग सहित पोस्टगर्नुपर्नेछ ।

क्याराओकेमा रेकर्ड गरिएको गीतहरुसामाजिक सञ्जालमा पोस्ट गर्नको लागि हरेकहप्ता ह्यास ट्याग छुट्टै हुनेछ । जस्तै दाश्रो हप्ताकोक्याराओके प्रतियोतितामा सहभागिता जनाउनग्राहकले  #MysnapkaraokeWeek2 ट्यागगरेर गीतहरु पोस्ट गर्नुपर्नेछ । यो साप्ताहिकप्रतियोगिता सोमबार देखि आइतबारको समयचक्रमा ४ हप्ता सम्म संचालनमा रहनेछ ।

यस प्रतियोतितामा प्रस्तोताले पोस्ट गरेको क्याराओके गीतले पाएको सबै भन्दा बढि लाइक र सेयरको आधारमा हरेक हप्ता १० उत्कृष्ट प्रस्तोताहरु छानिने छन् । उत्कृष्ट १० प्रस्तुतिमा पर्नका लागि स्पस्ट रुपमा लेखिएको ह्यास ट्गाय सहित कम्तिमा पनि १०० लाइक पाएको हुनु पर्नेछ । चार जना कलाकार रहने योण्डर स्पोक आर्टिस्टको निर्णयक मण्डलले हरेक हप्ता एक उत्कृष्ट प्रस्तोताको छनौट गर्नेछ । विजयी प्रस्तोताले पुनः प्रतियोगिता भाग लिन पाउने छैनन्।

हरेक हप्ता मंगलबार विजेताको घोषणा गरी पुरस्कार हस्तानतरण गरिने छ । प्रतियोगिताको विजेता काठमाडौ बाहिरबाट भएको खण्डमा नजिकैको एनसेल सेन्टरबाट पुरस्कार लिन सकिनेछ ।

योण्डर म्युजिक एप अन्तर्गत प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् ।

मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दाविद्यमान डेटा शुल्क लाग्नेछ । एनसेलले फोरजीसेवा सुरु गरेको अवसरमा असार १६ गते सम्मएनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकले एकमहिनाका लागि योण्डर म्युजिकमा निःशुल्कअनलाइन स्ट्रिमिङ्ग सेवाको मजा लिन सक्नेछन्। यसका लागि ग्राहकले *३२४# डायल गरी सेवासुचारु गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment