Comments Add Comment

गोर्खा जनमुक्ति मोर्चाद्वारा ममता बेनर्जीसँग वार्ता गर्न अस्वीकार


४ असार, काठमाडौं । दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले पश्चिम बंगाल सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । उसले अब भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारसँग भने वार्ता गर्न सकिने बताएको छ ।

गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलन चर्किएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आन्दोलन रोके वार्तामा बस्न तयार रहेको बताएकी थिइन् ।

तर, मोर्चाले बेनर्जीसँग वार्ता नगर्ने बताएको छ । ‘हामी पश्चिम बंगाल सरकारसँग तयार छैनौं । ममता बेनर्जीले हाम्रो अपमान गरिन् । हामीलाई आतंककारी भनिन्,’ मोर्चाका नेता विनय तामाङले भनेका छन्, ‘हामी आफ्नो अधिकारका लागि लडिरहेका छौं । हामी केन्द्र सरकारसँग मात्र वार्ता गर्छौं ।’

आन्दोलनका क्रममा शनिबार भएको हिंसात्मक झडपका क्रममा तीन जनाको मृत्यु भएको थियो । दार्जीलिङ अहिले पनि तनावग्रस्त छ ।

विद्यालयहरुमा बंगाली भाषाको पढाई अनिवार्य गरिएको विरोधमा र गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment