Comments Add Comment

यो दुनियाँ खराब मात्र छैन, नपत्याए हेर्नुस् यी तस्वीर (फोटोफिचर)


दुनिया स्वार्थी छ । मानिसहरु एक अर्काको खुट्टा तान्छन्, अर्काको भलो चाहन्नन् र दया पनि गर्दैनन् । अर्काको टाउकोमा टेकेर माथि उक्लिन चाहनेहरुको ताँती छ दुनियामा । लाग्छ, दुनिया धेरै खराब भैसक्यो । तर पर्खिनुस्, यो दुनिया सबै बिग्रिसकेको भने रहेनछ । यस्ता १० तस्वीरहरु अन्तराष्ट्रिय मिडियाहरुमा छाए, जसले दुनियामा मानवता अझैँ ज्यूँदै छ भन्ने आशा जगाएका छन् ।

१. यो तस्वीर सन् २०१० को हो । चीनको झेंग्काइमा अन्तर्राष्ट्रिय म्याराथन चलिरहेको थियो । उक्त दौडका क्रममा बाटोमै केन्याली धाविका ज्याक्लिन नितेपी किप्लिमोले दुबै हात नभएका चिनियाँ पुरुष धावक दौडिरहेको र उनी पानीले निकै तिर्खाइरहेको देखिन् । त्यसपछि उनले ती चिनियाँ धावकलाई पानी खुवाइन् र ३८ किलोमिटरको दूरीसम्म सँगै दौडिइन् । त्यसपछि बल्ल उनी अलिक अगाडि लम्किइन् र अन्ततः दोश्रो स्थानमा दौड पूरा गरिन् । यदि उनले ती चिनियाँ धावकलाई पानी खुवाउन नथालेको भए उनी म्याराथनमा महिलातर्फ प्रथम हुने निश्चित थियो ।

क्यानडाको टोरन्टोस्थित रेलवे स्टेशनमा अटोमेटिक ढोका बिग्रिएको थियो र त्यहाँ कर्मचारीहरु पनि थिएनन् । तर पनि रेलवेका यात्रीहरुले इमान्दार बनेर पूरै टिकट शुल्क राखिदिएका थिए ।
अष्ट्रेलियामा जब आँधीपछि यो घोडा दलदलमा फस्यो एक महिलाले तीन घण्टासम्म यो घोडाको गर्धन उठाएर सँगै उभिइरहिन् ता कि यसको मुख हिलोमा नगाडियोस् । पछि उद्धारकर्मीहरु आएर उक्त घोडालाई उद्धार गरे ।

भारतको मुम्बइको जुहुल सर्कलमा कृष्णादास नामका एक पुरुष आफ्नो धर्ममा चलौँ, सबैलाई प्रेम गरौँ भन्ने सन्देश लेखेको पोस्टर लिएर घण्टौँ उभिइरहन्छन् ।

इण्डोनेसियाको बाली टापुमा एक व्यक्तिले अपांग बच्चाको लागि बाद्ययन्त्र बजाइरहेका हुन्छन् । बजाउने ती व्यक्ति उक्त बच्चाको कुनै नाता पर्ने होइनन् ।

८४ वर्षकी हजुरआमा अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालमा गाउन लगाउन असजिलो मानिरहेकी थिइन् । तर हजुरआमालाई गाउन लगाउन उत्प्रेरित गर्नका लागि उनका नातीले हस्पिटलको गाउन लगाइदिए ।
नर्वेको मेमनेस्थित समुद्रमा डुब्न लागेको जनावरलाई बचाउने कोसिस गर्दै दुईजना युवा । उनीहरुले अन्ततः त्यसलाई बचाइ छाडे ।

 

ग्वाटेमालाकी एक बालिका विदेशी पर्यटकलाई स्वागत गर्दै ।
दक्षिण कोरियाको सिओलमा एक अपरिचित अपांगलाई खाना खुवाउँदै एक युवती ।

 

ऋमेरिकाको सनफ्रान्सिस्कोमा लावा माए नामक संस्थाले पूराना थोत्रा कारहरुलाई मोडिफाइ गरेर गरीब तथा बेघरहरुका लागि सार्वजनिक बाथरुम बनाइदिने गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment