Comments Add Comment

लोग्नेलाई सर्पले डस्यो, सँगै मर्ने भन्दै पत्नीलाई टोके

सँगै मर्ने, सँगै बाँच्ने भन्ने बाचा गर्ने जोडीहरु बाँच्न त सँगै बाँच्न चाहलान् तर जीवनसाथी मर्दा आफू पनि मर्ने हिम्मत जुटाउने कति होलान् ? भारतको बिहारमा एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

बिहारको समस्तीपुरस्थित वीरसिंघमपुरका शंकर रायलाई सुतिरहेको बेलामा विषालु सर्पले डस्यो । सर्पले डसेको केही बेरमा जिउ दुख्न थालेपछि उनी ब्युँझिए र अताल्लिए । उनले सर्पले डसेको चाल पाएसँगै आफ्नी पत्नी अमिरी देवीको गर्धनमा टोके ।

सर्पले डसेको लोग्नेले टोकेपछि अमिरी देवीको जिउमा पनि सर्पको विष फैलियो । एकैछिनमा दुवैजना बेहोस भए । उनीहरु दुबैजनालाई अस्पताल लगियो । डाक्टरहरुले पत्नीलाई बचाउन सके तर शंकरलाई चाहीँ बचाउन सकेनन् ।

आखिर सर्पले आफुलाई डसेपछि शंकरले आफ्नी श्रीमतीको गर्धमा किन टोके होलान् ? कारण निकै हृदयविदारक छ । अमिरी देवीका अनुसार शंकरले उनलाई जबरजस्ती गर्धनमा टोकेका होइनन् । उनले नै राजीखुसीले टोक्न दिएकी हुन् ।

किन त ? खास कुरा के भने शंकरलाई आफ्नी पत्नीसँगै जिउने र सँगै मर्ने अन्तिम इच्छा थियो । त्यसैले आफूलाई सर्पले डस्ने बित्तिकै आफ्नो जिउमा फैलिएको सर्पको विष पत्नीको जिउमा पनि पुगोस् र लोग्नेस्वास्नी सँगै मरियोस् भनेर पत्नीको गर्धनमा दाँतले गहिरो गरी टोकेका रहेछन् उनले । तिर विधिको विधान । सँगै मर्ने इच्छा भएपनि डाक्टरहरुले उनकी श्रीमतीलाई बचाइदिए अनि शंकर एक्लै परलोक भए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment