Comments Add Comment

रोल्पाको चुनावी मोर्चा सम्हाल्न माओवादीले तोक्यो कमाण्डर

४ असार, रोल्पा । स्थानीय तहको चुनावका लागि माओवादी केन्द्रले रोल्पाका १० वटै स्थानीय तहमा ‘कमाण्डर’हरु तोकेको छ । जनयुद्धमा माओवादीको आधार क्षेत्र रोल्पाको चुनावी मोर्चा सम्हाल्न नेताहरु सम्बन्धित नगरपालिका र गाउँपालिकामा खटिएका छन् ।

माओवादीले वर्षमान पुन ‘अनन्त’लाई रोल्पा नगरपालिका र माडी गाउँपालिकाको जिम्मा दिएको छ ।

यसैगरी कुलप्रसाद केसी ‘सोनाम’लाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका र जोखमबहादुर महरा ‘प्रताप’लाई सुवर्णावती गाउँपालिका र लुंग्री गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।

सुकिदह गाउँपालिकामा दीपेन्द्र पुन ‘सिजल’, दुईखोली गाउँपालिकामा जयपुरी घर्ती, सुनछहरी गाउँपालिकामा मानबहादुर बुढा र थबाङ गाउँपालिकामा झक्कु सुवेदीलाई खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment