Comments Add Comment

महराका सहपाठी माओवादी छाडेर बने मालेका उम्मेदवार !

४ असार, रोल्पा । माओवादी केन्द्र परित्याग गरेका रोल्पाका कुलानन्द गिरी नेकपा मालेको चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् । उनले रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै गिरीले भने, ‘म बैचारिक रुपमा नेकपा माले त होइन । तर, मालेले मलाई चुनाव चिह्न दियो । मलाई पनि हँसिया तारा मन पर्‍यो ।’

तर, आफू स्वतन्त्र उम्मेदवार रहेको गिरीले बताए । मालेले त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा खिउ कुमारी घर्तीलाई उम्मेदवार बनाएको छ ।

गिरी माओवादी नेता कृष्णबहादुर महराका सहपाठी हुन् । उनले माओवादीको तर्फबाट त्रिवेणी गाउँपालिकाको अध्यक्षमा दाबी गरेका थिए । तर, माओवादीले गंगाप्रसाद घर्ती ‘सूर्य’लाई अध्यक्ष र लालसरी घर्तीमगरलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

आफूलाई पार्टीले टिकट नदिएको भन्दै कुलानन्द गिरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

त्रिवेणी गाउँपालिकामा कांग्रेसले कमल बुढामगरलाई अध्यक्ष र राधिका हमललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी एमालेले शान्तकुमार वलीलाई अध्यक्ष र सावित्रा बुढालाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुहोस् 

महरासँगै रोल्पामा पढाएका शिक्षक बने ‘बागी’ उम्मेदवार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment