Comments Add Comment

रुपन्देहीका तीन स्थानीय तहमा राजपाका नेताहरुले दिए उम्मेदवारी

४ असार, भैरहवा । रुपन्देहीका तीन स्थानीय तहमा राष्ट्रिय जनता पार्टी नेपालका नेता-कार्यकर्ताले स्वतन्त्र उम्मेदवारका रूपमा मनाेनयन दर्ता गराएका छन् । राजपा नेपालले चुनाव बहिस्कार गरेपछि स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएको हो ।

राजपाका नेताहरुले सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पुर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका हुन् ।

यो साविकको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकाहरु हुन्, जसलाई राजपा नेता शर्वेन्द्रनाथ शुक्लाको पकड भएको क्षेत्र मानिन्छ । र, उनीहरूलार्इ राजपाले नभर्इ शुक्लाले नै उम्मेदवार बनाएको स्रोतको दाबी छ ।

प्रत्येक गाउँपालिकाको ३७ वटै पदमा गरी ३ वटा गाउँपालिकामा १ सय ११ पदमा नेता शुक्लाका समर्थक कार्यकर्ताहरुले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएको स्रोतले बताएको छ ।

सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल र उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन् ।

त्यस्तै मर्चवारीमाई गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकी प्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्मरीमाई गाउँपालिकाका निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उमेदवार कुन पार्टी वा कसको समर्थक भएको विषयमा आफुलाई आधिकारिक रुपमा जानकारी नभएको बताउँदै सम्पुर्ण पदमा स्वतन्त्र उमेदवारी दर्ता भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment