Comments Add Comment

कैलालीमा राजपाका केन्द्रीय सदस्य पक्राउ


४ असार, कैलाली । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला उपाध्यक्षलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

कैलालीको कैलारी गाउँपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी र तोडफोड गरेको आरोपमा केन्द्रीय सदस्य फोनीराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

उनले दुवै जनालाई कैलारी गाउँपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको बताए ।

तालाबन्दी लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरी लगाएको ताला खोलेको थियो । अहिले कैलारी गाउँपालिकामा मनोनयन दर्ताको प्रकृया सहज रुपमा भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment