Comments Add Comment

च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानद्वारा भारतसामू ३३९ रनको लक्ष्य

४ असार, काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पाकिस्तानले भारतसामू ३३९ रनको बलियो चुनौति पेश गरेको छ ।

भारत केहिबेरमा जवाफी ब्याटिङमा आउनेछ ।

इंग्ल्याण्डको ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले फाखर जमानको शानदार शतकीय पारीको सहयोगमा ४ विकेट गुमाएर ३३८ रनको योगफल बनायो ।

ओपनर फाखरले १०६ बलमा १२ चौका र ३ छक्काको सहयोगमा ११४ रनको शतकीय पारी खेलेका थिए । २७ वर्षीय फाखरको यो पहिलो एकदिवशीय शतक हो ।

यसअघि अर्का ओपनर अजहर अली ५९ रनको व्यक्तिगत स्कोरमा रनआउटको शिकार बनेका थिए । निक्कै राम्रो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेको थियो ।

पहिलो विकेट पतनसँगै केहि संहालिएको प्रदर्शन गरेको पाकिस्तानका लागि बाबर अजामले ४६ रन बनाए । त्यस्तै सोएव मल्लिकले १२ रन बनाए ।

पाचौं विकेटको रुपमा आएका पूर्व कप्तान मोहम्मद हफिजले आक्रामक पारी खेल्दै ३७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५७ रनको अविजित पारी खेले । उनलाई गतिलो साथ दिएका इमाद वासिम पनि २१ बलमा २५ रन बनाएर अविजित रहे ।

बलिङतर्फ भारतीय बलरहरु कसैले पनि सम्झनालायक प्रदर्शन गर्न सकेनन् । भूवनेश्वर कुमार, हार्दिक पण्ड्या र केदार जादवले एक एक विकेट लिए ।

भारतीय टोलीको मूख्य स्पिन हतियार रविचन्द्रन आश्विन आजको खेलमा प्रभावकारी बन्न सकेनन् । १० ओभर बलिङ गरेका उनले ७० रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment