Comments Add Comment

यातायात कार्यालय इटहरीमा ६२ करोड घोटाला भएको ठहर, मुद्दा दायर हुँदै

४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अञ्चल यातायात कार्यालय, कोशीमा राजस्व हिनामिना गर्ने ८ सरकारी अधिकारीविरुद्ध आज आइतबार विशेषन अदालतमा मुद्दा दायर गर्दैछ ।

इटहरीस्थित यातायात कार्यालयमा रहेर अनियमिततामा मुछिएका नायव सुब्बा सुरेश अधिकारीसहित ८ जनाविरुद्ध आज विशेष अदालतमा झण्डै ६२ करोड बराबरको अनियमितता गरेको ठहर गर्दै मुद्दा दायर गर्न लागिएको हो ।

 

यातायात कार्यालयबाट उठेको राजस्व अनियमितता गरेको आरोपमा अख्तियारले ८ कर्मचारी विरुद्ध मुद्दा तयार गरेको हो ।
‘सेवाग्रहीसँग उठाएको राजस्व नै सरकारी खतामा नराखेको पाइयो’ अख्तियार स्रोतले भन्यो,’यातायात कार्यालयमा हुने अनियमतितालाई यो मुद्दाले प्रतिबिम्बित गर्छ ।’

अख्तियार स्रोतकाअनुसार केही पूर्व कार्यालय प्रमुखसहित प्रशासन, लेखा र कम्प्युटर फाँटमा काम गर्ने कर्मचारी यो मुद्दामा तानिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment