Comments Add Comment

गुगलमाथि सवा खर्ब रुपैयाँ जरिवाना


सर्च इन्जिनलाई दुरुपयोग गरेको भन्दै युरोपेली युनियनले इन्टरनेट जाएन्ट गुगलमाथि झण्डै सबा खर्ब रुपैयाँ बराबरको जरिवाना गरेको छ ।

ऋाफ्नो सर्च इन्जिनको दुरुपयोग गरी आफ्नो विज्ञापन व्यवसायलाई फाइदा पूराएको आरोपमा गुगलमाथि इयूले १ अर्ब १० करोड डलर जरिवाना लगाएको हो ।

 

गार्जियनका अनुसार पेरिस तथा बर्लिनका प्रमुख नेताहरुका साथै गुगलका प्रतिद्धन्दी कम्पनीहरुले युरोपेली आयोगका प्रतिस्पर्धा आयुक्त माग्रेद वेस्टागरलार्य गुगल विरुद्ध कडा कारवाही गर्न विगतदेखि नै उक्साइरहेका थिए ।

रिपोर्ट अनुसार गुगलले आफ्नो एकाधिकारको स्थितिको दुरुपयोग गरेको छ र यस विरुद्ध उसमाथि कुल राजश्वको अधिकत १० प्रतिशत जरिवाना गरिएको छ ।

गुगलको मूल कम्पनी अल्फाबेटमाथि अघिल्लो वर्ष ९० अर्ब डलर जरिवाना लागेको थियो । जुन उसको विज्ञापन राजश्वको ३० प्रतिशत थियो ।

इयूको निर्णयसँगै अब गुगलले भविष्यमा आफ्नो विज्ञापन व्यवसायको निर्माण कसरी गर्न चाहन्छ भन्ने विषयमा एक मस्यौदा पेश गर्नुपर्नेछ ।

यदि गुगलले निर्धारित समयमा त्यसो गर्न नसकेमा उसले दैनिक कारोबारको ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

गुगलले आफ्ना वेबसाइटद्धारा आफ्ना प्रतिद्वन्द्वी वेबसाइटहरुमाथि प्रतिबन्ध लगाउने गरेको तथ्य पनि अनुसन्धानबाट खुलेको छ ।

स्मरण रहोस् युरोपेली नियामकहरुले यसअघि माइक्रोसफ्ट, इन्टेल, एप्पल, फेसबुक तथा अमेजनमाथि पनि जाँच गरिसकेका छन् । अमेरिकी कम्पनीहरुमाथि इयुको लगातारको अवरोधसँगै इयूले सिलिकन भ्यालीको विरुद्धमा युद्ध छेड्ने कोसिस गरिरहेको आरोप पनि लाग्ने गरेको छ । तर इयूले भने यसको खण्डन गर्दै आएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment