Comments Add Comment

अर्घाखाँचीमा मनोनयन दर्ता, कांग्रेस-माओवादीको तालमेल

४ असार, अर्घाखाँची । असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा उत्साहपूर्वक आज मनोनयन दर्ता भएको छ ।

सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा कमलप्रसाद भुसालको मनोनयन दर्ता भएको छ । कांग्रेस र माओवादीको तालमेलअनुसार कांग्रेसले उपमेयरमा उम्मेदवार उठाएको छैन । माओवादी केन्द्रबाट उपमेयरमा ठाकुर कुमार विकको मनोनयन दर्ता भएको छ ।

नेकपा एमालेका तर्फबाट मेयरमा कृष्णप्रसाद श्रेष्ठ र उपमेयरमा ईश्वरा पोख्रेलको उम्मेदवारी दर्ता भएको छ ।

नयाँशक्तिबाट मेयरमा यमुना भुसाल, उपमेयरमा टोपबहादुर बलाल, जनमोर्चाबाट मेयरमा कल्पना पोख्रेल र उपमेयरमा पशुपति ढकाल, राप्रपाबाट मेयरमा ध्रुवराज भुसाल र उपमेयरमा सुनिता गिरीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाले जानकारी दिए ।

सितगंगा नगरपालिकामा पनि कांग्रेस र माओवादीले तालमेल गरेका छन् । कांग्रेसका तर्फबाट मेयरमा सुर्यप्रसाद अधिकारी र उपमेयरमा माओवादीकी टिका रेश्मीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेबाट मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा गिता भाट क्षेत्रीको उम्मेदवारी दर्ता भएको छ । नयाँशक्तिबाट मेयरमा यागेश्वर गिरी, जनमोर्चाबाट मेयरमा गोविन्द थापा र उपमेयरमा बास्मता भट्टराई, राप्रपाबाट मेयरमा देवीराम गैरे, उपमेयरमा रुपा बेल्वासेले उम्मेदवार दर्ता गरेको निर्वाचन अधिकृत पुष्कर भट्टराईले जानकारी दिए ।

भुमिकाथान नगरपालिकामा पनि कांग्रेस र माओवादीले तालमेल गरेका छन् । भुमिकास्थानमा माओवादीले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रबाट मेयरमा रेशम थापा र कांग्रेसबाट उपमेयरमा खडानन्द बेल्वासेको उम्मेदवारी दर्ता भएको छ ।

एमालेबाट मेयरमा पिताम्बर भुसाल र उपमेयरमा सुनिता बेल्वासेको उम्मेदवारी परेको छ ।

नयाँशक्तिबाट मेयरमा प्रेम बन्जाडे र उपमेयरमा गंगा घिमिरे, जनमोर्चाबाट मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला राना, राप्रपाबाट मेयरमा धनबहादुर रायमाझी र उपमेयरमा प्रवित्रा पौडेलको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत चेतप्रसाद उप्रेतीले जानकारी दिए ।

मालारानी गाउँपालिकामा तालमेल गरेर माओवादी केन्द्रका तर्फबाट पदम क्षेत्रीले अध्यक्षमा र कांग्रेसबाट शान्ता खनालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एमालेबाट बालकृष्ण आचार्य अध्यक्षमा, प्रमिला क्षेत्री उपाध्यक्षमा, नयाँशक्तिबाट जिन्दक खड्का अध्यक्षमा, उषा पुरी थापा उपाध्यक्षमा, जनमोर्चाबाट नरेन्द्रबहादुर थापा अध्यक्षमा र तुलसा केसी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

राप्रपाबाट बालानन्द भुसाल अध्यक्षमा, कमला पन्थी उपाध्यक्षमा उम्मेदवार मनोनयन दर्ता भएको निवार्चन अधिकृत डिल्लीराम शर्मा अर्यालले जानकारी दिए ।

पाणिनी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा अम्बिका पोख्रेल, एमालेबाट  अध्यक्षमा जिवनारायण कोइराला र उपाध्यक्षमा लक्ष्मी गौतम, माओवादी केन्द्रबाट श्रीहरी गौतम  अध्यक्षमा र विमला घिमिरे उपाध्यक्षमा उम्मेदवारी परेको छ ।

नयाँशक्तिबाट अध्यक्षमा माधवराज पोख्रेल, उपाध्यक्षमा लीलावती पाण्डे, जनमोर्चाबाट अध्यक्षमा देवी भुसाल र उपाध्यक्षमा श्रीधरा राउत, राप्रपाबाट अध्यक्षमा वेदराज घिमिरे, मालेबाट इन्द्रबहादुर रेश्मी मगर अध्यक्षमा र स्वतन्त्रबाट अमिर हाम्जाको मनोनयन दर्ता भएको  निवार्चन अधिकृत ध्रुवराज भुसालले जानकारी दिए ।

छत्रदेव गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेल र उपाध्यक्षमा तुल्सीदेवी श्रेष्ठ, एमालेबाट  अध्यक्षमा ऋषिराम अधिकारी, उपाध्यक्षमा मणि पन्थी, माओवादी केन्द्रका तर्फबाट प्रकाश ज्ञवाली अध्यक्षमा र विष्णुमायाँ रायमाझी उपाध्यक्षमा उम्मेदवारी परेको छ ।

जनमोर्चाबाट अध्यक्षमा हरिलाल न्यौपाने र उपाध्यक्षमा कमला आचार्य, राप्रपाबाट अध्यक्षमा विष्णु खनाल र निश्चल नेपालीको उपाध्यक्षमा मनोनयन दर्ता भएको निर्वाचन अधिकृत पुष्करराज शाहीले जानकारी दिए ।

– घनश्याम पौडेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment