Comments Add Comment

अमेरिकी हिमाल आरोहणका क्रममा सञ्जय पण्डितको निधन

४ असार, काठमाडौं । अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको हो ।

हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबास स्रोतले जनाएको छ । डेनालीको उचार्रइ २० हजार १५६ फिट अर्थात ६ हजार १४४ मिटर छ । पण्डितको १६ तारिख विहानै १७ हजार २०० फिट उचाईमा निधन भएको हो ।

मौसम खराब भएका कारण उनको शव ल्याउन कठिनाई भइरहेको बताइएको छ ।

को हुन् सञ्जय ?

पण्डितले २००९ बाट शाहसिक करियर सुरु गरेका थिए । उनले प्युठानको स्वर्गद्धारीबाट काठमाडौंको दुरी ४७ घन्टा २० मिनेटमा पार गरेका थिए । त्यसपछि उनले थुप्रै अल्टा दौड पुरा गरे ।

उनले खासादेखि काठमाडौं तथा गोरखादेखि काठमाडौंसम्म पनि दौड पुरा गरेका थिए ।

त्यसपछि उनको हिमाल आरोहण सुरु भयो ।  विश्वको सर्बोच्च शिखर सगरमाथा दुई पटक सफल आरोहण गरेका सन्जयले त्यसपछि भने सेभेन समिट अर्थात सातै महादेशका सर्वोच्च शिखर चढने निर्णय लिएका थिए । त्यसपछि उनले अफ्रिकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कीर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नयाँ कीर्तिमान कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment