Comments Add Comment

गोर्खाल्याण्ड आन्दोलनः शबयात्रामा उर्लिए हजारौं समर्थक

५ असार, काठमाडौं । सेनाको गोलीले मृत्यु भएका आफ्ना समर्थकलाई श्रद्धाञ्जली दिँदै दार्जीलिङबासीले आइतबार ‘श्रद्धाञ्जलि र्याली’ प्रदर्शन गरेका छन् ।

आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा हजारौंको संख्याका स्थानीयले सुरक्षाकर्मीको गोलीले मृत्यु भएकाको शब दार्जिलिङ बजार परिक्रमा गराए ।

मोर्चाको कार्यालयमा प्रहरीले छापा मारेको विरोध गर्दै मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि सेनाले शनिवार गोली चलाएको थियो । गोली लागेर बिजनबारी कैजलेका सुनील राई, कमजरेका विमल शाशंकर र रेलिङका महेश क्षेत्रीको मृत्यु भएको आजको नागरिक दैनिकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment