Comments Add Comment

राजपा नेता महतोलाई पितृशोक

५ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेको छ । महतोका बावु खोभारी महतोको सोमबार बिहान ५ बजे सर्लाहीको बेलवासस्थित निवासमा मृत्यु भएको हो ।

उनी सय वर्षका थिए ।

राजपा नेता उपेन्द्र महतोले दिएको जानकारी अनुसार, सर्लाहीको बागमती नदीको कर्मैया घाटमा उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन बहिस्कार गतिविधिमा सक्रिय राजेन्द्र महतो पिताको मृत्युपछि सर्लाही स्थित घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment