Comments Add Comment

फ्रान्सको संसदमा राष्ट्रपति म्याक्रोको पक्षमा स्पष्ट बहुमत

५ असार, काठमाडौं । फ्रान्सका राष्ट्रपतिमा निर्वाचित इमानुयल म्याक्रोले संसदमा स्पष्ट बहुमत पाएका छन् । ५ सय ७७ संसद सदस्यमध्ये म्याक्रोको पक्षमा ३ सय बढी मत परेको थियो ।

पूर्व इन्भेष्टमेन्ट मध्यमार्गी इमानुयल म्याक्रो यसै वर्ष भएको राष्ट्रपति चुनावमा देशकै पहिलो युवा राष्ट्रपति चुनिएका थिए । ३९ वर्षीय म्याक्रोको पक्षमा ६६ दशमलव ६ प्रतिशत मत खसेको थियो । उनी नेपोलियन पछिको सबैभन्दा युवा प्रशासक बनेका छन् ।

म्याक्रोको पार्टी रिपब्लिकन एन मार्चे १४ महिना अघिमात्रै अस्तित्वमा आएको थियो । यस पार्टीका धेरै सदस्यहरु कुनै पनि सरकारी पदमा रहेर काम गरेका छैनन् । नयाँ पार्टीले अघि सारेको परिवर्तनको एजेण्डाबाट प्रभावित भएर मतदाताले भोट खसालेको जानकारहरु बताउँछन् ।

संसदमा आफ्नो पक्षमा बहुमत प्रमाणित गरेपछि म्याक्रोले अब आफ्ना सुधारवादी कामहरु गर्न सक्नेछन् ।

राष्ट्रपति निर्वाचित भएलगत्तै म्याक्रोले बिचारको आधारमा बिभाजित देशलाई एकताबद्ध गर्ने तथा चरमपन्थी र जलवायु परिवर्तनको खतरासँग जुध्ने बाचा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment