Comments Add Comment

भारतीय बलरलाई रुवाउने फखर जमान को हुन् ?

खेलको मैदानमा स्टार त्यही हुन्छ, जसले महत्त्वपूर्ण समयमा आफ्नो भूमिका दमदार रुपमा निभाउँछ । यदि त्यो खेलाडी पाकिस्तानको हो भने भारतविरुद्ध कुनै पनि बेला चुक्नु हुँदैन ।

पाकिस्तानी ब्याट्सम्यान फखर जमानले च्याम्पियन्स लिगको फाइनलमा महत्त्वपूर्ण भूमिका खेले र भारतविरुद्ध शानदार शतक बनाए ।

यो प्रतियोगिता अघि क्रिकेटको दुनियामा फखर जमानको नाम शायदै कसैले सुनेका थिए । यसै प्रतियोगिताबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे ।

आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३१ रन बनाएका उनले श्रीलंकाविरुद्ध ५० रन बनाए । सेमिफाइनलमा अजहर अलीसँग शतकीय साझेदारी गरेका उनले व्यक्तिगत ५७ रन बनाए । फाइनलमा उनले १०६ बलमा ११४ रन बनाए ।

जमानले आफ्नो पारीमा १२ चौका र ३ छक्का हाने । उनको ब्याटिङ हेरेपछि स्टार स्पोटर््समा लाइभ कमेन्ट्री गरिरहेका सुनिल गावस्करले भने कि जमानले फ्रन्ट फुट र ब्याकफुटमा जगबको सट खेले र मैदानको दुबैतर्फ राम्रो खेले ।

रोचक त के भने क्रिकेटको मैदानमा कमाल गरेका फखर जमानको परिवार चाहँदैनथे कि उनले क्रिकेट खेलुन् ।

पाकिस्तानको पख्वातुनमा जन्मिएका फखरका पिता सरकारी वन्यजीव संरक्षण एजेन्सीमा काम गर्थे र आफ्नो छोरा सरकारी जागिरे होस् भन्ने उनको चाहना थियो । उच्च शिक्षा पूरा गरेपछि उनी पाकिस्तानी नौसेनामा आवद्ध भए ।

२००७ मा उनी नौसेनाको सेलर बने । त्यसबेला पाकिस्तानी नौसेनाको क्रिकेट टिम पनि थियो र फखरले त्यहीँ खेल्न थाले । कोच आजम खानले उनको प्रतिभालाई चिने । फखर पनि क्रिकेटमै रमाउन थाले र २०१३ मा नौसना छाडे । यद्यपि, परिवारलाई उनको जागिरबाट प्राप्त हुने रकम जरुरी थियो । तर, फखरले निर्णय लिइसकेका थिए कि अबको लक्ष्य क्रिकेट नै हो ।

त्यही क्रममा पाकिस्तानी ब्याट्सम्यान युनुस खानसँग उनको भेट भयो र उनले आफ्नो इलाकाको घरेलु टिमबाट खेल्न सुझाए । मरदान, खैबर पख्वातुन, एबटाबाद, बलुचिस्तानको टिमबाट खेल्दै उनले तीव्र गतिमा आफ्नो स्थान बनाए ।

२०१६ मा उनले पाकिस्तान सुपर लिग खेल्ने मौका पाए र सर्वाधिक रन बनाउने व्याट्सम्यान बने । उनको आक्रामक ब्याटिङकै कारण पाकिस्तानी टिममा परे ।

उनले आफ्नो डेब्यू प्रतियोगिता नै स्मरणीय बनाएका छन् । खास कुरा यो छ कि उनी बायाँ हातले त्यही आक्रमक रुपमा ब्याटिङ गर्छन्, जुन शैलीका ओपनर कुनै समय पाकिस्तान क्रिकेटको पहिचान थियो । अपेक्षा छ कि फखर जमानले सईद अनवर र आमिस सुहैल वाला परम्परालाई अघि बढाउने छन् ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment