Comments Add Comment

नेपालगञ्ज र डुडुवामा संघीय समाजवादीबाट दुई–दुई उम्मेदवार

नयाँ शक्ति र फोरमबीच धोखाधडीको आरोप

५ असार, नेपालगञ्ज । संघीय समाजवादी फोरमको नाममा नेपालगन्ज उप–महानगर र डुडुवा गाउपालिकामा दुई–दुई जनाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

नेपालगन्ज उप–महानगरमा नयाँ शक्तिले र डुडुवामा आधिकारिक उम्मेदवारको ठाँउमा पार्टीकै केन्द्रीय सदस्यले प्रमुखमा उम्मेदवारी दिएका हुन ।

एउटै निर्वाचन चिन्ह प्रयोग गर्ने सहमतिमा निर्बाचनमा भागलिदै आएको संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच बाँकेमा विबाद देखिएको छ । नयाँशक्तिका जिल्ला संयोजक पिनु थापा मगरले संघीय समाजबादीसंग नेपागञ्ज उप–महानगरमा उपमेयर र केही वडामा आफ्नो उम्मेदवार लडाउने भन्ने सहमति भएको तर संघीय समाजबादीका तर्फबाट सो कुरा अवज्ञा भएको बताए ।

उनले आफुहरुले ‘फस्टकम फस्ट’ दर्ताले चुनावचिन्ह मशाल पाउने भएकोले नयाँशक्तिले जगतकुमारी खड्कालाई मेयरको प्रत्यासी बनाएको छ बताए ।

उपमेयरमा संघीय समाजबादी फोरमबाट विद्रोह गरी ममता बानियाले उम्मेदवारी दर्ता गराएकी छन् । फोरमले नेपालगन्जमा मेयरमा जिल्ला अध्यक्ष कमरुद्दिन राई र उपमेयरमा शोभा लखेरलाई उम्मेदवार बनाएको थियो ।

यसैगरी डुडुवा गाउपालिकामा विभिन्न तामझामका साथ उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका फोरम नेता विजयबहादुर यादव हिस्स परे । निर्वाचन कार्यालयमा प्रमुखको लागि पार्टीको केन्द्रीय सदस्य जगदीशबहादुर सिंहले उम्मेदवारी दर्ता गराएर गएको जानकारी पाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर फर्किए ।

फोरमको तर्फबाट नेपालगञ्ज नगरका वडामा तथा अन्य ठाउँमा पनि धेरै उम्मेदवारले आधिकारिकलाई पछि पार्दै फर्जीपत्र तयार पारेर उम्मेदवारी दर्ता गराएपछि पार्टीमा विवाद भएको छ ।

यसैबीच संघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य मो. इस्तियाक राईले नेपालगञ्ज, नरैनापुर, जानकी र डुडुवामा संघिय समाजबादी र कोहलपुर, राप्ती सोनारी, बैजनाथ र खजुरामा नयाशक्तिले आफ्नो टिम उठाउने गरी सहमति भएको दावी गरे ।

उनले भने– ‘सहमति अनुसार भए उहाँहरुले उम्मेदवारी दिनुपर्ने हो मैले पनि अहिले मात्र सुने निर्वाचन आयोगले पनि निर्वाचन चिन्हको लागि आधिकारिकता हेर्ला । हाम्रो आधिकारिक उम्मेदवार कमरुद्दिन नै हुन ।’

पार्टीका जिल्ला प्रवक्ता ससुुलहक राईले पार्टीको आधिकारिक उम्मेदवार डुडुवामा यादव नै भएको स्पष्ट पारे । यद्यपि सिंह भने सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment