Comments Add Comment

भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन

आक्रोशित पश्चिम बंगालका बासिन्दाले गरेको तोडफोड ।

५ असार, काठमाडौं । आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका छन् । उनीहरुको आक्रोश क्रिकेटर बिराट कोहलीप्रति ज्यादा थियो ।

त्यतिमात्र हैन, दक्षिणी कानपुरमा केही मानिसहरुले भारतले हारेको रिसमा आफ्नो टेलिभिजन सेट नै फुटाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

आक्रोशित लखनउका बासिन्दाले आफ्नो टेलिभिजन सेट तोडफोड गर्दै ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग बिरलै यति ठूलो हार ब्यहोरेको हुँदा पनि भारतीय क्रिकेट फ्यानहरु फाइनल प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए । तर, पाकिस्तानले १८० रनको फराकिलो अन्तरले भारतलाई पराजित गरेपछि स्तब्ध बनेका भारतीय क्रिकेट फ्यानले आफ्नो रिस प्रदर्शन गर्न तोडफोड र नाराबाजीको सहरा लिएका छन् ।

यो पनि पढ्नुहोस् 

पाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी

भारतीय बलरलाई रुवाउने फखर जमान को हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment