Comments Add Comment

गुलाब जलका फाइदै फाइदा ! कसरी बनाउने ?

गुलाबको फूल जहाँपनि सजिलै फुलाउन सकिन्छ । बगैंचामा ढकमक्क फूल्ने गुलाबले घरको शोभा दिन्छ । गुलाबको फाइदा अरुपति छन् । खासगरी सौन्दर्य बढाउनका लागि गुलाब निकै उपयोगी सावित भइसकेको छ । गुलाबको जल बनाएर अनुहार तथा केसमा प्रयोग गर्न सकिन्छ । यसले छालाको पीएचको स्तर पनि ठीक राख्छ । छालालाई सफा गर्नका लागि गुलाब जल उपयोगी हुन्छ ।

गुलाबको फूल विभिन्न रंगको हुन्छ, जसलाई सजावट, कस्मेटिक उत्पादनदेखि औषधी बनाउन सम्म प्रयोग गरिन्छ ।

कसरी बनाउने गुलाब जल ?

गुलाब जल बजारमा सजिलै पाइन्छ । यद्यपी यसलाई प्राकृतिक ढंगबाट घरमा पनि बनाउन सकिन्छ ।

गुलाब जल बनाउनका लागि तीन चिज आवश्यक हुन्छ, गुलाबको फूल, पानी र बरफ -आइसक्युब) ।

–   २ सानो कचौरामा पानीमा करिब १५ पत्र गुलाबको फूल राख्ने ।

–   कचौरालाई आगो माथि राख्ने । उक्त कचौरामाथि अर्को कचौरा राख्ने, जहाँ पहिलो कचौराबाट उडेको बाफ उडेर ठोक्किन्छ । त्यस कचौरामाथि बरफको टुक्रा राखिदिने ।

–   यसरी बाफ जब अर्को कचौरामा ठोक्किएर पानी बन्छ । त्यही नै गुलाब जल हो । यो एकदमै प्राकृतिक ढंगबाट तयार गरिएकाले नराम्रो असर गर्दैन ।

किन प्रयोग गर्ने गुलाब जल ?

१. गुलाब जलले छालालाई स्वस्थ्य बनाउन सकिन्छ । थोरै कपास गुलाब जलमा डुबाएर त्यसलाई अनुहारमा लगाउनु पर्छ । छालामा रहेको फोहोर मैला निस्कन्छ ।

२. नरिवलको तेलमा केहि गुलाब जल मिसाएर केसमा लगाउनु पर्छ । केस नरम, मुलायम र चम्किलो देखिन्छ ।

३. कुनैपनि घाउमा गुलाब जल लगाउनु पर्छ , यसले राम्रो औषधीको काम गर्छ ।

छालाका लागि

–   छालालाई नरम बनाउँछ ।

–   रुखो हुन दिदैन ।

–   छालामा दाग,धब्बा हुन दिदैन ।

–   आँखाको तलको कालो घेरा हटाइदिन्छ ।

–   तैलिया छालामा पनि यो लाभदायक हुन्छ ।

–   छालालाई हाइड्रेड राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment