Comments Add Comment

यसरी बन्यो दुनियाँकै लामो पिज्जा


यदि तपाइाको अगाडि टेबुलमा कसैले दुनियाकै सबैभन्दा लामो पिज्जा ल्याएर राखिदियो भने सुरुमा त त्यसको फोटो खिचिहाल्नुहुन्छ होला । अनिमात्र त्यसलाई खाने बारेमा सोाच्नुहुन्छ । अमेरिकाको लस एन्जल्समा विश्वकै सबैभन्दा लामो पिज्जा तयार पारिएको छ ।

उक्त पिज्जाको लम्बाई २ किलोमिटर छ । गत वर्ष इटालीमा तयार पारिएको लामो पिज्जाको रेकर्ड तोड्दै अमेरिकी पिज्जाले आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएको हो ।

एउटा अटो क्लब स्पिडवेमा दर्जनौं शेफ तथा अन्य सहयोगीहरुले मिलेर यो पिज्जा पारेका थिए । जब यो पिज्जाले ६ हजार ३३३ फिट अर्थात् १.९३ किलोमिटरको दूरी पार गर्यो तब यसले इटालियन पिज्जाको किर्तिमान भंग गरिसकेको थियो । गिनिज बुकका अधिकारीहरुले यसलाई दुनियाको सबैभन्दा लामो पिज्जाको रुपमा किर्तिमानको प्रमाणपत्र पनि दिए । गतवर्ष इटालीमा बनाइएको पिज्जा ६ हजार ८२ फिटको थियो ।

झण्डै दुई किलोमिटर लामो यो पिज्जा बनाउन आठ घण्टा लागेको थियो । ३६ सय ३२ किलो आटा, १६ सय ३४ किलो चिज, २५ सय ४२ किलो साल्सा सस मिलाएर यस हाइफाइ पिज्जा तयार गरिएको थियो ।

मानवता तथा मित्रताको अनौठो मेसेज दिनका लागि यो पिज्जा तयार पारिएको थियो । यो पिज्जा तयार पार्ने इभेन्टबाट संकलित रकमलाई स्थानिय खाद्य बैंक तथा अनाथ मानिसहरुलाई वितरण गरिनेछ ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment