Comments Add Comment

राजपा नेतालाई उपेन्द्र यादवको चुनौती- आरोप पुष्टि गर, नभए माफी माग

५ असार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध लगाएको आरोप पुष्टि गर्न राजपा नेतालाई चुनौती दिएका छन् ।

राजपा नेपालका नेता मनिस सुमनले यादवमाथि पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए ।

फोरम नेपालका अध्यक्ष यादवले आरोपको खण्डन गरेका छन् । ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस् प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्’ फोरम नेपालका अध्यक्ष यादवले भनेका छन् ।

राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेको भन्दै उनले दिग्भ्रमित राजपा नेताहरुले घटिया अभिव्यक्ति दिन थालेको यादवको टिप्पणी छ । राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै यादवलेे भने,’अरुमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएको भन्दै उनले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको बताएका छन् । ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन् । राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ’- अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment