+
+

हिमालयन पावरमा आइतबारसम्म करिब १८ गुणा आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ५ गते १७:३८


५ जेठ, काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारणमा जारी गरेको २१ करोड ३० लाख रुपैयाँ (२१ लाख ३० हजार कित्ता) सेयरमा आयतबारसम्ममा करिब १८ गुणाको आवेदन परेको छ । सोमवारको प्रारम्भिक तथ्यांक सकेत हाल उपलब्ध हुन नहुने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले उल्ले गरेको छ ।

आइतबारसम्ममा कम्पनीको सेयरमा कुल ३ अर्ब ८० करोड रुपैयाँको आवेदन परेको हो । ६३ हजार ७ सय बढि आवेदकले सेयरको माग गर्दै यति रकम लगानी गर्न खोजेका हुन् । आवेदन परेको कुल रकममध्ये ७८ प्रतिशत रकम आस्वा प्रणालीबाट (बैंक खातामा नै लगानी गर्न चाहेको रकम रोक्का रहने र सेयर परेपछि मात्र परेको रकम बिक्री प्रबन्धकको खातामा जाने व्यवस्था) हालिएको हो । आस्वा मार्फत् ४७ हजार ८ सय सर्वसाधारणले सेयरमा आवेदन दिएका थिए ।

सेयर जारीसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।

लमजुङमा २७ मेगावाट क्षमताको दोर्दी हाइड्रोपावर निर्माण गर्ने तयारीमा रहेको हिमाल पावरले सेयर निष्कासनबाट संकलित रकम यसमा लगानी गर्ने उदेश्य लिएको छ । कुल ४ अर्ब २३ करोड लागत रहने यो आयोजना ७५ प्रतिशत कर्जा लगानी र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो ।

यो आयोजनाको अनुमती २१०३ साउनसम्म रहने छ । आयोजना निर्माण २०७१ पुसदेखि २०७५ जेठमसान्तसम्म रहेको छ । ओयाजनाबाट व्यवसायिक उत्पादन मिति २०७४ असार १ गते रहेको छ ।

यो आयोजनामा हाल २० प्रतिशत पुँजी खर्च हुँदा लगभग २५ प्रतिशतको काम सम्पन्न भइसकेको छ । बैंकहरुसँग कर्जाको लागि कम्पनीले फाइनान्सियल क्लोजर गरी सकेको छ ।

कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको छ । उदीपुर हबको २ सय २० केभीए प्रशारण लाइन निर्माणमा ढिलाइ भइरहेकोले कम्पनीले विद्युत् जडानको लागि विकल्पको रुपमा १ सय ३२ केभिए सिंगल सर्किट लाइन प्रयोग गर्ने योजनामा रहेको छ ।
कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ । सेयर जारी भएपछि संस्थापक समूहको हिस्सा ७० प्रतिशतमा सीमित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?