Comments Add Comment

एनआईसी एशियाको नयाँ शाखा दाङको घोराहीमा

५ असार, काठमाडौं । सोमबार एनआईसी एशिया बैंकको ९२ औं शाखा दाङ जिल्ला स्थित घोराहीबाट सञ्चालनमा आएको छ । दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले सो शाखाको उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment